पोखरा २५ मा कांग्रेसको घरदैलो सम्पन्न
कास्की | बैशाख २७, २०७९
हेमजा: नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २५ को चुनावी घरदैलो अभियान सम्पन्न भएको छ ।
स्थानिय तह निर्वाचनका लागि यही वैशाख १८ गतेदेखि सुरु भएको वडा नं २५ को चुनावी घरदैलो अभियान मंगलवार सम्पन्न भएको नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २५ का सचिव तथा घरदैलो अभियानका संयोजक झङ्कनाथ तिम्सिनाले हामीलाई जानकारी दिए । उम्मेदवारहरु मतदाताहरुको घरघरमा पुगेर यसपटक गठबन्धन सहितका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेका थिए ।
घरदैलो अभियान वडा २५ का मतादाताहरुले वडामा भएका समस्याको गुनासो गरेकोमा वडा अध्यक्ष पदका उम्मेदवार मोती तिमिल्सिनाले आफुले जिते महानगर सगंको पहलमा समस्या सामाधान गर्ने प्रतिबद्धता गरे ।
त्यस्तै आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । गठबन्धलाई गलत ढंगले नबुझि बुद्धिमता र ईमान्दारिताका साथ आफ्नो मत दिएर पुरै टिमलाई नै जिताउन पनि अध्यक्ष पदका उम्मेदवार तिमिल्सिनाले अनुरोध गरेका थिए ।
यसपालीको आसन्न स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका २५ मा वडा अध्यक्षमा तिमिल्सिनासहित गठबन्धनको टिम चुनावी मैदानमा रहेको छ । जस अन्तर्गत खुल्लामा सुरेश बहादुर साप्कोटा (नेकपा माओवादी केन्द्र), ई . दिपेन्द्र बाँस्तोला (नेकपा एस ) त्यस्तै महिला सदस्य आरति अधिकारी (नेकपा माओवादी केन्द्र)र दलित महिला सदस्य सीता नेपाली ( नेकपा माओवादी केन्द्र) रहेका छन् ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिएका...
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मेयर आचार्यले सवै ...
पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

